image
image

९५ अंक बढ्यो सेयर बजार

काठमाडौँ, ११, वैशाख । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से ९५.५ अंकले बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २४ सय नाघेको छ । नेप्से २४२० अंकमा पुगेको छ । एउटा कम्पनीको मूल्य स्थिर, एउटाको गिरावट आयो भने १९३ को बढ्यो । 

२ अर्ब ५३ करोड रुपैयाँको कारोबार भयो । सबै उपसमूह उक्लिएका छन् । बैंकिङ ४२, विकास बैंक २६२, फाइनान्स १४३, होटल तथा पर्यटन ८४, जलविद्युत् १८९, जीवन बीमा ४२३, उत्पादन १५६, माइक्रोफाइनान्स १७९, निर्जीबन बीमा ४३४, अन्य ८८ र ब्यापार उपसमूह २२ अंकले बढे ।

१८ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । नेसनल हाइड्रो, बेस्ट, श्री इन्भेष्टमेन्ट, मञ्जुश्री, जानाकी फाइनान्स, अरुणभ्याली, खानीखोला, घलेम्दी, युनिभर्सल र हिमाल दोलखा हाइड्रोको मूल्य १० प्रतिशतले बढ्यो । अरु ८ कम्पनीको मूल्य करिब १० (९.९ प्रतिशतभन्दा धेरै)ले बढेको छ । जल्पा, इमर्जिङ, पोखरा फाइनान्स, आँखुखोला, नेपाल हाइड्रो, बरुण, सिंगटी हाइड्रो तथा युनाइटेड मोदीको मूल्य ९.९ प्रतिशतले बढेको छ । कारोबार रकमका आधारमा सिद्धार्थ बैंक संस्थापक, शिवम् सिमेन्ट, अरुणभ्याली हाइड्रो, हिमालयन डिस्टिलरी र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी क्रमश: अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।