बाराही हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
काठमाडौँ, ११, वैशाख । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिएकाे छ ।
कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ७ कराेड रूपैयाँ बराबरकाे ७ लाख कित्ता आईपीओ निष्कासन चैत्र १७ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे ।
कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धको रुपमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।









