दोहोरो अंकले घट्यो सेयर बजार
काठमाडौँ, १२, वैशाख । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्सेमा उच्च गिरावट आएको छ । आइतबार बढेको बजारमा दोस्रो दिनमै करेक्सन आएको हो ।
सोमबार बजार ३४.९५ अंकले घटेर २३८६.०१ विन्दुमा झरेको छ । सोमबार कारोबार रकम भने २ अर्ब नाघेको छ । सोमबार कुल २३९ वटा कम्पनीको ४६ हजार ४०१ वटा कारोबारबाट ५० लाख ४७ हजार ७६९ कित्ता शेयर किनबेच भएको छ ।
यसबाट कुल २ अर्ब ४ करोड २२ लाख ५३ हजार १८२ रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन होटेल र पर्यटन र म्यूचअल फण्डबाहेक सबै उपसमुह राताम्य रह्यो । सबैभन्दा धेरै अन्य समूहका लगानीकर्ताले गुमाए । विकास बैंक उपसमूह समेत धेरै घट्नेमा रहृयो ।
सोमबार जाल्पा सामुदायिक लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेर ८५८.६० रुपैयाँ पुगेको छ । यो कम्पनीको शेयर मूल्य ७८ रुपैयाँले बढेको हो । सिद्धार्थ इक्विटी फण्डको मूल्य ४ प्रतिशतले बढ्यो ।









