image
image

२ अर्ब २० करोडको ऋणपत्र बिक्रीमा ल्याउँदै सेञ्चुरी बैंक

काठमाडौँ, १२, वैशाख । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले २ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्रीमा ल्याउने भएको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २२ लाख इकाइ बिक्री गर्ने भएको हो ।बैंकले १०.५० प्रतिशत ब्याजदर प्रदान गर्नेगरी दश वर्ष अवधिको ‘सेञ्चुरी डिबेन्चर २०८८’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।

उक्त ऋणपत्र मध्ये १३ लाख २० हजार इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिनेछ भने ८ लाख ८० हजार इकाइ सर्वसाधारणका लागि निष्कासन गरिनेछ ।ऋणपत्र निष्काशन गर्न बैंकले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट चैत २९ गते अनुमति पाएको थियो । निष्काशन अनुमति पाएको २ महिनाभित्र ऋणपत्र जारी गरिसक्नुपर्ने व्यवस्था छ ।

बैंकको ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।