image
image
एकैदिन तोलामा ९०० सयले घट्यो सुनको मूल्य, चाँदी भने स्थिर

एकैदिन तोलामा ९०० सयले घट्यो सुनको मूल्य, चाँदी भने स्थिर

काठमाडौँ, १३, वैशाख । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ ।

हिजो अर्थात सोमबार प्रतितोला १ लाख २०० रुपैंयामा कारोबार भएको सुनको मूल्य आज तोलामा ९०० रुपैंयाले ओरालो लाग्दै प्रतितोला ९९ हजार ३०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

आज तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ८०० रुपैंया रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो चाँदीको मूल्य १ हजार ३५० रुपैंया रहेको थियो र आज पनि सो रकममा कारोबार हुने महासंघले जनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।