image
image

एक सातामा वाणिज्य बैंकहरुको निक्षेप १० अर्बले घट्यो

काठमाडौँ, १३, वैशाख । वाणिज्य बैंकहरुको निक्षेप र कर्जा दुवै घटेको छ। 

नेपाल बैंकर्स एसोसिएसन (एनबीए)का अनुसार पछिल्लो एक सातामा वैशाख ३ गतेदेखि वैशाख ९ गतेसम्मको तथ्यांकले वाणिज्य बैंकहरुको निक्षेप र कर्जा दुवै घटेको देखाएको हो। 

एनबीएको तथ्यांकअनुसार यो एक साताको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप १० अर्ब रुपैयाँले घटेको छ। योसँगै वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ६७ अर्ब रुपैयाँमा झरेको छ। गत वैशाख २ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ७७ अर्ब रुपैयाँ रहेको थियो। 

यो एक साताको अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी १ अर्ब रुपैयाँले घटेको छ। गत वैशाख २ गतेसम्म ४१ खर्ब ९५ अर्ब रुपैयाँ रहेको कुल कर्जा लगानी घटेर ४१ खर्ब ९४ अर्ब रुपैयाँमा झरेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।