image
image

अमेरिकामा हुने सिरिजको पहिलो खेलमा नेपाल र ओमान भिड्ने

काठमाडौँ, १३, वैशाख । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने एकदिवसिय त्रिकोणात्मक सिरिजको पहिलो खेल नेपालले ओमानविरुद्ध खेल्ने भएको छ ।

आईसीसीले सार्वजिनक गरेको तालिका अनुसार नेपाल र ओमानबीचको खेल जुन ९ तारिखमा प्राइरी भ्यू क्रिकेट कम्पलेक्समा हुनेछ । नेपालले दोस्रो खेल अमेरिकाविरुद्ध जुन ११ मा खेल्ने छ । त्यसैगरी नेपालले तेस्रो खेल ओमानविरुद्ध जुन १४ र अन्तिम खेल अमेरिकाविरुद्ध जुन १५ मा खेल्नेछ ।

लिग टु अन्तर्गत नेपालले हालसम्म जम्मा १२ खेल खेलेको छ जसमध्ये ६ मा जित हात पार्दा ६ खेलमा पराजय भोगेको छ । सात टिमको सहभागिता रहेको लिग टु मा नेपाल छैठौं स्थानमा रहेको छ ।

३२ खेल खेलेको ओमान ४० अंक सहित पहिलो तथा १६ खेलबाट १४ अंक जोडेको अमेरिका पाँचौ स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।