image
image

शेयर बजार १५ अङ्कले घट्यो

काठमाडौँ, १३, वैशाख । शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार पनि दोहोरो अङ्कले घटेको छ । हिजो साेमवार झन्डै ३५ अङ्कले घटेको नेप्से आज १५ दशमलव शून्य दुई अङ्कले घटेर दुई हजार तीन सय ७० दशमलव ९९ विन्दुमा झरेको छ । 

आज उत्पादन र म्युचल फन्ड बाहेक सबै समूहको शेयर ओरालो लागेको छ । नेप्सेसँगै कारोबार रकममा पनि निकै कमी आएको छ । दुई सय २८ वटा कम्पनीका ३४ लाख १९ हजार कित्ता शेयर एक अर्ब चार करोड ६० लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सिद्धार्थ बैंकको चार करोड २१ लाख रुपैयाँको शेयर किनबेच भयो । 

आज हिमालयन पावर पार्टनर र मल्टिपर्पोज फाइनान्सको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि जालपा लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।