image
image

आँखुखोला जलविद्युतको नाफा १६८ % ले बढ्यो

काठमाडौँ, १८, वैशाख । आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ३ करोड ४ लाखभन्दा बढी खुद नाफा गरेको छ ।

गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा १६८ दशमलव ५७ प्रतिशत बढेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीको खुद नाफा रू. १ करोड १३ लाखभन्दा बढी थियो । 

गत वर्ष रू. १४ करोड ७८ लाखभन्दा बढी आम्दानी गरेको कम्पनीले यस वर्ष रू. १७ करोड ३७ लाखभन्दा बढी आम्दानी गरेको हो । आम्दानी बढेसँगै कम्पनीको सञ्चालन नाफा यस वर्ष १४ दशमलव ८० प्रतिशत बढेसँगै नाफामा बृद्धि भएको हो ।

हाल कम्पनीको चुक्तापूँजी रू. ८० करोड रहेको छ भने जगेडा कोष रकम रू. २३ करोड २९ लाखभन्दा बढी ऋणात्मक रहेको छ । ऋणात्मक रकम भने गत वर्षभन्दा यस वर्ष ६ दशमलव २८ प्रतिशत कम भएको हो । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. ५ दशमलव शून्य ८ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।