image
image

झन्डै चार अर्बको अलैँची निर्यात

काठमाडौँ, १९, वैशाख । चालू आर्थिक वर्ष २०७८/०७९ को पछिल्लो ९ महिनाको अवधिमा नेपालले झन्डै चार अर्ब बराबरको अलैँची निर्यात गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार, नेपालबाट ३ अर्ब ८५ करोड बराबरको अलैँची निर्यात भएको देखिन्छ ।

सो अवधिमा भारत र पाकिस्तामा अलैँची निर्यात भएको हो । भन्सार विभागको तथ्यांकअनुसार ३ अर्ब ८१ करोड ८० लाख रुपैयाँ बराबरको अलैँची भारत र ३ करोड ४४ लाख बराबरको अलैँची पाकिस्तान निर्यात भएको हो ।

अलैँची कृषिको निर्यातयोग्य मसलाबाली पर्छ । सो अवधिमा ४२ लाख ६८ हजार ८५३ केजी अलैँची निर्यात भएको हो । गत आर्थिक वर्षको सोही अवधिमा ५ अर्ब ६७ करोड बराबरको अलैँची निर्यात भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।