image
image

नेपाल फाइनान्सको शेयरमूल्य नेप्सेमा समायोजन, अब समायोजनपछिको मूल्य कति ?

काठमाडौँ, २०, वैशाख । सोमवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल फाइनान्सको हकप्रद शेयरको मूल्य समायोजन भएको छ ।

नेप्सेले ७० प्रतिशत हकप्रद शेयरको समायोजनपछि मूल्य रु.३११.१८ तोकेको छ । सोमवारको अन्तिम शेयरमूल्य प्रतिकित्ता रु.४५९ को आधारमा शेयरमूल्य समायोजन गरेको हो ।  

कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि मंगलवार बुक क्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । 

बुक क्लोजको आधारमा वैशाख २० गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । 

कम्पनीलाई १० बराबर ७ को अनुपातमा प्रतिशेयर रू। १०० अंकित दरको रू। ३४ करोड ५४ लाख ४७ हजार ४२८ बराबरको ३४ लाख ५४ हजार ४७४ दशमलव २८ कित्ता हकप्रद शेयर निष्कासनका लागि बोर्डले गत चैत ८ गते स्वीकृति दिएको हो । 

कम्पनीले आधारभूत शेयरधनीहरुलाई बुक क्लोजको मिति तय गर्नुपूर्वनै चैत २८ गते सूचना जारी गर्दै अग्रिम रुपमा रकम जम्मा गर्न आग्रह गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।