रिभर फल्सले २७ लाख ३० हजार कित्ता आईपीओ सार्वजनिक गर्दै
काठमाडौँ, २१, वैशाख । रिभर फल्स पावरले यहीँ बैशाख २८ गतेदेखि सर्वसाधारणका लागि २७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अङ्कित दरका २७ करोड ३० लाख रुपैयाँ बराबरको २७ लाख ३० हजार कित्ता प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको हो ।
जसमध्ये ५४ हजार ६०० कित्ता सेयर कम्पनीको कर्मचारीको लागि र १ लाख ३६ हजार ५ सय कित्ता शेयर सामूहिक लगानी कोषहरूको लागि छुट्याएर बाँकी रहेको २५ लाख ३८ हजार ९ सय कित्ता सेयर सर्वसाधारणका लागि जारी गरिने कम्पनीले जनाएको छ ।
रिभर फल्स पावरले सङ्खुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा अवस्थित पिलुवाखोलामा १०.३ मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजना आगामी असार मसान्त भित्र सम्पन्न गरिसक्ने कम्पनीको लक्ष्य रहेको छ ।









