image
image

शेयर बजार घटेर राताम्मे

काठमाडौँ, २२, वैशाख ।  काराेबार हुने हप्ताको अन्तिम दिन आज बिहीवार पनि शेयर बजार घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज ३७ दशमलव ६ अङ्कले घटेर दुई हजार दुई सय ३८ दशमलव ६२ विन्दुमा झरेको छ । 

सबै समूहको शेयर घटेकोमा विकास बैंक, जलविद्युत्, माइक्रोफाइनान्स र बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । दुई सय ३२ वटा कम्पनीका ४६ लाख ७४ हजार कित्ता शेयर एक अर्ब ६५ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भयो । सबैभन्दा धेरै सूर्य लाइफ इन्सोरेन्सको आठ करोड ४५ लाख रुपैयाँको शेयर किनबेच भयो । 

आज घलेम्दी हाइड्रो, मैलुङ खोला, शिवश्री हाइड्रो, ग्रीन भेन्चर्स, पञ्चकन्या माई हाइड्रो र बुद्धभूमि हाइड्रोको शेयर ६ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार राताम्मे भए पनि जालपा लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।