image
image
अप्पर हेवाखोलालाई पायो आईपीओ निष्कासन गर्न बोर्डको अनुमति,कति कित्ता आउँँदै ?

अप्पर हेवाखोलालाई पायो आईपीओ निष्कासन गर्न बोर्डको अनुमति,कति कित्ता आउँँदै ?

काठमाडौँ, २२, वैशाख ।  अप्पर हेवाखोला जलविद्युत कम्पनी लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आज(बिहीबार)आईपीओ निष्कासन गर्ने अनुमति दिएको हो। 

बोर्डको अनुमतिसँगै अब अप्पर हेवाखोलाले चुक्तापुँजीको ३० प्रतिशतले हुन आउने २० करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्नेछ। जसअनुसार कम्पनीले स्थानीय र सर्वसाधारणका लागि गरी १०० अंकित दरका कुल २० लाख कित्ता आईपीओ जारी गर्नेछ। 

कम्पनीमा ७० प्रतिशत हिस्सा संस्थापक समूहको रहेको छ। जसअनुसार संस्थापक समूहको ३० लाख कित्ता सेयर रहेको छ। 

यो आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी ५० करोड रुपैयाँ चुक्तापुँजी पुग्नेछ। 

अप्पर हेवाखोलाको आईपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।