image
image

भारतमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५४५ जनामा कोरोना संक्रमण

काठमाडौँ, २३, वैशाख ।  भारतमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५४५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। ४ लाख ६५ हजारभन्दा बढीको परीक्षण गर्दा ३ हजार ५४५ जनामा संक्रमण देखिएको हो।

पछिल्लो समय भारतमा फेरि कोरोना संक्रमण बढिरहेको छ। त्यहाँको स्वास्थ्यय मन्त्रालयले कोरोनाको चौथौ लहर फैलिन नदिन स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको छ।

हाल भारतमा १९ हजार ६८८ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।

यस्तै, संक्रमणका कारण थप २७ जनाको मृत्यु भएको छ। हालसम्म भारतमा कोरोनाका कारण ५ लाख २४ हजार २ जनाको मृत्यु भइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।