image
image

चीनमा हुने भनिएको एसियाली खेलकुद स्थगित

काठमाडौँ, २३, वैशाख । चीनको हाङझाउमा आगामी भदौ २५ देखि असोज ९ सम्म हुने तय १९ औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) स्थगित भएको छ।

ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको हो।


एसियन देशका लागि ओलम्पिकपछिको प्रतिष्ठित प्रतियोगिता एसियाली खेलकुदको तयारीमा चीनमा बढिरहेको कोरोना भाइरसले असर गरेको थियो। जसका कारण प्रतियोगिता स्थगित गरिएको हो।ओसिएका अनुसार चाइनिज ओलम्पिक कमिटी र हाङझाउ एसियन गेम्स आयोजक कमिटीको कार्यकारी बोर्डसँगको छलफलपछि एसियाली खेलकुद स्थगित गर्ने निर्णय गरिएको हो।


यो प्रतियोगिताका लागि नेपालले पनि तयारी गरिरहेको थियो।प्रतियोगिताको नयाँ मिति स्थानीय आयोजकसँग छलफल गरेर तय गरिने ओसिएले जनाएको छ।

राष्ट्रिय खेलकुद परिषद्ले एसियाडमा समावेश ३७ मध्ये २३ खेलमा भाग लिने निर्णय थियो। यी खेलका लागि प्रारम्भिक खेलाडी छनोट समेत गरिएको थियो।

एथ्लेटिक्स, बक्सिङ, तेक्वान्दो, कराते, साइक्लिङ, महिला फुटबल, गल्फ, कुस्ती, भारत्तोलन, जुडो, ट्रायथलन, उसु, आर्चरी, बास्केटबल, महिला कबड्डी, फेन्सिङ, महिला ह्यान्डबल, टेबल टेनिस, महिला भलिबल, पुरुष क्रिकेट, ब्याडमिन्टन, पौडी र सुटिङमा नेपालले भाग लिने निर्णय गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।