image
image

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, २५, वैशाख । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ बढेको जानकारी दिएको छ । आजको कारोबार मूल्य तोक्दै महासंघले सुनको मूल्य बढेर प्रतितोला ९८ हजार ६०० रुपैयाँ पुगेको जानकारी दिएको हो ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ थियो । गत साताकै बिहीबार ९८ हजार ६०० रुपैयाँ कारोबार मूल्य थियो । जुन, शुक्रबार ६०० रुपैयाँ घटेको थियो भने आज आइतबार सोही मूल्यले उकालो लागेको हो । यसैगरी, आज तेजाबी सुनको मूल्य ९८ हजार १०० रुपैयाँ छ ।

यसैगरी, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदीको बिक्री मूल्य १२ सय ८५ रुपैयाँ छ । जुन, गत साताको शुक्रबार १२ सय ८० रुपैयाँ कायम थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।