image
image

लगातार घटेको नेप्से आज १७.९१ अंकले बढ्यो, कारोबार रकम कति ?

काठमाडौँ, २५, वैशाख । साताको पहिलो कारोबारको दिन (आइतबार)  शेयरबजारमा हरियाली छाएको छ । केही समययता लगातार घटेको नेप्से परिसूचक आज बढेको हो । परिसुचक १७.९१ अंकले बढेर २२५६.५४ विन्दुमा पुगेको छ ।

यस दिन सेन्सेटिभ इण्डेक्स ३.८० अंक, फ्लोट इण्डेक्स १.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३७ अंक बढेर बन्द भएको छ।

यस दिन २३३ स्टकको २७ हजार २२९ पटकको कारोबारमा १ अर्ब ३२ करोड ६४ लाख २१ हजार रुपैयाँ बराबरको ३३ लाख ४१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन जाल्पा लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य सर्वाधिक बढेको छ। सो लघुवित्तको शेयरमूल्य यस दिन १० प्रतिशत अर्थात १५२ रुपैयाँ बढेर १ हजार ६७२ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन घलेम्दी हाइड्रो र माउन्टेन इनर्जी नेपालको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन उन्नती सहकार्य लघुवित्तको शेयरमूल्य सर्वाधिक ४.९२ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नागरिक लगानी कोष शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७ करोड ५३ लाख ५९ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन हिमालयन डिष्टिलरी र नबिल बैंकको ४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

आइतबार १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने बाँकी २ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.३५ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानी र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ। यता बैंकिङ्ग र लघुवित्त उपसमूहको परिसूचक भने यस दिन घटेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।