image
image

सोमबार १२ अंकले बढ्यो सेयर बजार, कारोबार रकम एक अर्बमाथि

काठमाडौँ, २६, वैशाख ।  सातको दोस्रो कारोबार दिन सोमबार सेयर बजार बढेको छ। साताको पहिलो कारोबार दिन पनि पुँजी बजार मापक नेप्से परिसूचक १७.९५ अंकले बृद्धि भएको थियो।

सोमबार पुँजी बजार मापक नेप्से परिसूचक १२.२७ अंकले बढेर २२६८.८४ विन्दुमा पुगेको छ। सोमबार सेयर बजारमा एक अर्ब ३९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। आइतबार १ अर्ब ३२ करोड रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको थियो। 

सोमबार १३ उपसूचक मध्ये होटल तथा पर्यटन समूह, विकास बैंक समूह, जीवन बीमा समूह र लगानी समूह बाहेकका सबै सूचक बढोत्तरी भएको छ । 

सोमबार १३ उपसूचक मध्ये लघुवित्त समूहको १.३३ प्रतिशतले बृद्धि भएको छ। सोमबार नेप्सेमा सूचीकृत २२२ कम्पनीको ३३ लाख २४ हजार ८२२ कित्ता सेयर किनबेच भएका छन्।सोमबार विकास बैंक समुह ०.५३ प्रतिशतले घटेको छ। आइतबार  कारोबारमा आएको १३ उपसूचकमध्ये बैकिङ्ग समूह र माइक्रो फाइनान्स समूह बाहेकका सबै सूचक सबै बढेको थियो।

 
सोमबार ७ करोड ५३ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा नागरिक लगानी कोष अग्रस्थानमा रहेको छ। यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन डिष्टिलरी र नबिल बैंक परेका छन्। सोमबार जाल्पा सामुदायिक लघुवित्त वित्तीय कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।