image
image

करिब १० महिनामा सरकारको प्राप्ति ९ खर्ब नाघ्यो, ८ खर्ब ९८ अर्ब खर्च

काठमाडौँ, २६, वैशाख ।  सरकारको कुल प्राप्ति ९ खर्ब नाघेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु वर्षको ९ महिना २५ दिनमा सरकारको कुल प्राप्ति ९ खर्ब १० अर्ब रहेको छ । 

राजस्व शीर्षकबाट ८ खर्ब ५५ अर्ब संकलन गरेको छ । यस्तै अनुदानबाट १३ खर्ब ८८ अर्ब प्राप्ति हुँदा अन्य शीर्षकमा ४० अर्ब ९६ करोड संकलन भएको छ ।

सरकारले ८ खर्ब ९८ अर्ब खर्च गरेको छ । यो अवधिमा चालु शीर्षकमा सबैभन्दा धेरै ७ खर्ब ९ अर्ब खर्च भएको छ । यस्तै विकास खर्च १ खर्ब १५ अर्ब हुँदा वित्तीय व्यवस्थातर्फ ७३ अर्ब ७१ करोड खर्च भएको छ ।

चालु वर्षमा कुल खर्च १६ खर्ब ३२ अर्ब खर्च गर्ने लक्ष्य राखिएको छ । कुल खर्च लक्ष्यको ५५ प्रतिशत मात्रै भएको छ । यसरी हेर्दा सरकारले अब लक्ष्य अनुसार खर्च गर्न नसकिने देखिएको छ । यदि लक्ष्यअनुसार गर्ने हो भने अब सरकारले दैनिक ११ अर्ब २९ करोड खर्च गर्नु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।