image
image

लगातार तेस्रो दिन पनि शेयर बजार दोहोरो अङ्कले बढ्यो

काठमाडौँ, २७, वैशाख । लगातार तेस्रो दिन आज मङ्गलवार पनि शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४४ दशमलव १६ अङ्कले बढेर दुई हजार तीन सय १३ विन्दुमा पुगेको छ ।

सबै समूहको शेयर बढेकोमा बीमा, उत्पादन, लघुवित्त र विकास बैंक समूहको शेयर उच्च अङ्कले बढेको छ । नेप्से बढे पनि कारोबार रकम भने बढ्न सकेको छैन । दुई सय २६ वटा कम्पनीका ३३ लाख ३० हजार कित्ता शेयर एक अर्ब ३५ करोड ६६ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै ङादी ग्रुप कम्पनीको नौ करोड ९८ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज वरुण हाइड्रो,ङादी ग्रुप पावर, युनिभर्सल पावर र जालपा लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि उन्नति सहकार्य लघुवित्त कम्पनीको शेयर साढे दुई प्रतिशतले घटेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।