३ हजार ६३४ मा कोरोना परीक्षण गर्दा १३ लाई संक्रमण
काठमाडौँ, २७, वैशाख । पछिल्लो २४ घन्टामा देशभर थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १३ जनामा संक्रमण पुष्टि भएको हो।
२ हजार ३७६ जनाको पिसिआर र १ हजार २५८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। यस्तै, १७ जना कोरोना मुक्त भएका छन्।३ हजार ६३४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।
अहिले देशभर १८५ सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।









