image
image

सांघाईमा कोरोना फैलिएसँगै चीनको अर्थतन्त्र अपेक्षितभन्दा बढी प्रभावित

काठमाडौँ, २, जेठ । कोभिड–१९ महामारीबाट चीनको अर्थतन्त्रमा अपेक्षा गरेभन्दा बढी प्रभावित बनेको छ । चीन यतिबेला सांघाई शहरमा फैलिरहेको कोभिड महामारीसँग जुधिरहेको छ । जसबाट चीनको अर्थतन्त्रमा ठूलो क्षति पुगेको हो ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनको खुद्रा बजार सबैभन्दा बढी प्रभावित बनेको छ । यस्तै, उद्योगहरूको उत्पादन समेत प्रभावित बनेको अमेरिकी समाचार संस्था सिएनएनले जानकारी दिएको छ ।

चीनको तथ्यांक विभागका अनुसार त्यहाँको खुद्रा व्यापार गत वर्षको तुलनामा ११.१ प्रतिशतले खुम्चिएको छ । यो यसअघि गरिएको ६.१ प्रतिशतको गिरावटको प्रक्षेपणभन्दा बढी हो । यसअघिको प्रक्षेपणभन्दा ५ प्रतिशत बढीले चीनको बजार प्रभावित बनेको पाइएको छ ।

यसैगरी, चीनको औद्योगिक उत्पादन २.९ प्रतिशत घटेको छ । जुन, अघिल्लो वर्षको तुलनामा यसअघि ५ प्रतिशतले सुधारिएको थियो । तर, सांघाईमा कोरोना महामारी फैलिएसँगै फेरी उत्पादनमूलक उद्योग प्रभावित बनेका हुन् । यसका साथै, चीनको रोजगार बजार ६.१ प्रतिशतले घटेको छ । जुन, मार्च महिनाको भन्दा ५.८ प्रतिशतले घटेको हो । यस्तै, यो तथ्यांक पछिल्लो २१ महिनायताकै उच्च हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।