image
image

भारतले निर्यात रोकेपछि विश्वभर बढ्यो गहुँको मूल्य

काठमाडौँ, २, जेठ । भारतले निर्यात प्रतिबन्ध लगाएसँगै विश्वव्यापीरूपमा गहुँको मूल्य ह्वात्तै बढेको छ । भारतले निर्यात रोकेपछि गहुँको मूल्य बढेको बेलायती समाचार संस्था बीबीसीले उल्लेख गरेको छ । भारतको निर्णयसँगै गहुँको मूल्यमा उच्च वृद्धि आएको हो ।

भारतले गत साता आन्तरिक बजारमा मूल्य बढेको भन्दै गहुँको निर्यातमा रोक्ने निर्णय गरेको थियो । यतिबेला विश्वबजारमा गहुँको मूल्य ६० प्रतिशतभन्दा बढीले उकालो लागेको स्थिती छ । अन्तर्राष्ट्रिय बजारमा गहुँको प्रयोग रोटी बनाउनेदेखि नूडल्स लगातका खाद्य वस्तु उत्पादनमा प्रयोग गरिन्छ ।


निर्यात प्रतिबन्ध लगाउँदै भारतको केन्द्र सरकारले भनेको छ, ‘देशको खाद्य आवश्यक्ता पूर्ति गर्न निर्यात बन्द गरिएको हो ।’ यद्यपी, भारतीय सरकारी अधिकारीहरूका अनुसार यो प्रतिबन्ध स्थायी नभइ अस्थायी मात्र हो ।

भारतको गहुँ निर्यात प्रतिबन्ध लगाउने निर्णयसँगै जर्मनीका कृषि तथा खाद्य मन्त्री केम ओज्डेमिरले विरोध गरेका छन् । उनले जी सेभेनको सभामा बोल्दै भनेका छन्, ‘यदी सबै मुलुकले आफ्नो आवश्यक्ता पुरा गर्न निर्यात बन्द गर्ने हो भने आगामी दिनमा नराम्रो स्थिती आउन सक्छ ।

खासगरी, रुस–युक्रेन युद्धका कारण यतिबेला विश्वभर गहुँको आपूर्ति व्यवस्था खलबलिएको छ । मूल्यवृद्धि भएसँगै भारतले आन्तरिक माग पुरा गर्न भन्दै निर्यातमा प्रतिबन्ध लगाएको छ । यसअघि, इण्डानेशियाले पाम तेलको निकासी पूर्णरुपमा रोकेको थियो । आन्तरिक बजारमा तेलको मूल्य बढेको र त्यसलाई नियन्त्रण गर्नेभन्दै इण्डोनेशिया सरकारले पाम तेल निकासी रोकेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।