भारतमा एक हजार ५६९ कोरोना संक्रमित थपिए
काठमाडौँ, ३, जेठ । भारत २४ घण्टाको समयावधि अर्थात सोमबार मध्यरातिसम्म एक हजार ५६९ व्यक्ति कोरोनाका थप संक्रमित भएपछि यहाँ कूल संक्रमितको संख्या चार करोड ३१ लाख २५ हजार ३०७ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ।
यस समयमा भारतमा ९१७ जना सक्रिय संक्रमित संख्या झरेपछि हाल भारतभरी सक्रिय संक्रमित १६ हजार ४०० रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ।यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप १९ को मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २४ हजार २६० पुगेको छ।
चौविस घण्टाको समयावधि अर्थात सोमबार मध्यरातिसम्म दुई हजार ४६७ कोरोना निको भएका छन्। यसैसँगै हालसम्म चार करोड २५ लाख ८४ हजार २४३ लाई कोरोना संक्रमण निको भएको छ।









