चारदिन पछि खुलेको शेयरबजारमा पहिरो
काठमाडौँ, ३, जेठ । आज साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ८४ अंकको गिरावट आएको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएर पहिलोपटक कारोबार खुल्दा सेयर बजारमा ८४ अंकको गिरावट आएको हो ।
आज २३ सय ४९ अंकबाट कारोबार सुरू भएको थियो । कारोबार सुरू भएदेखि नै ओरालो लागेको नेप्से परिसूचक २२ सय अंकतर्फ आएर रोकिएको हो । यससँगै, आज १ अर्ब ६४ करोड रुपैयाँ बराबरको ३५ लाख ९५ हजार कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबार भएका तीन वटा कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । जसमध्ये लुम्बिनी जनरल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स र सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले घटेको छ । यसबाहेक अन्य ६ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको छ ।









