image
image

बढ्यो सार्वजनिक यातायातको भाडा, कति रुपैयाँले बढ्यो ?

काठमाडौँ, ४, जेठ ।  सरकारले सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ। 

सरकारले जेठ ४ गतेदेखि लागू हुनेगरी न्यूनतम ३.५ प्रतिशतदेखि अधिकतम ५.१ प्रतिशतसम्मले भाडा वृद्धि गरेको हो । 

साविकको भाडादरमा अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा यात्रुबाहकतर्फ ३.५ प्रतिशतले, पहाडी बाटोमा गुड्ने माल बाहकमा ४.६ प्रतिशतले बढाएको छ ।

साथै तराईको बाटोमा गुड्ने मालबाहक सवारीमा ५.१ प्रतिशतले वृद्धि गरिएको भाडा वृद्धिको सूचना जारी गर्दै यातायात व्यवस्था विभागले जनाएको छ । 

पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै सार्वजनिक सवारीसाधनको पनि भाडा समायोजन गरिएको विभागले स्पष्ट पारेको छ । 

नेपाल आयल निगमले वैशाख ३१ गते डिजेल, पेट्रोल र मट्टीतेलमा समान प्रतिलिटर १० रुपैयाँले मूल्य वृद्धि गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।