image
image

आज सुन प्रतितोला ९५ हजार आठ सय रूपैयाँ

काठमाडौँ, ४, जेठ । आज सुन-चाँदीको मूल्य घटेको छ। बुधबार सुन प्रतितोला ९५ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला १२ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। 

केही समय यता सुन-चाँदीको मूल्यमा लगातार गिरावट देखिएको छ। अघिल्लो साताको बुधबार सुन प्रतितोला ९८ हजार सात सय रूपैयाँ र चाँदी प्रतितोला १२ सय ८५ रूपैयाँमा कारोबार भएको थियो। सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुन प्रतितोला ९६ हजार सात सय रूपैयाँ र चाँदी प्रतितोला १२ सय ६० रूपैयाँमा कारोबार भएको थियो। यसर्थ आज सुन प्रतितोला नौ सय र चाँदी प्रतितोला १० रूपैयाँ घटेको हो। 

बुधबार अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेर प्रतिऔंस १८ सय १० अमेरिकी डलरमा कारोबार भइरहेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।