image
image

हिजो भारी अंकले घटेको शेयर बजार करिब ९ अंकले बढ्यो, कतिको भयो कारोबार ?

काठमाडौँ, ४, वैशाख । साताको दोस्रो कारोबारको दिन (बुधबार) हरियो बिन्दुमा आएको छ । हिजो भारी अंकले घटेको नेपाल स्टक एक्सेन्ञ्च (नेप्से) परिसुचक ८.९० अंकले बढ्दा २२७४.४२ को विन्दुमा कायम भएको छ । नेप्से ०.३९ प्रतिशतले बढेको हो । सेन्सेटिभ परिसूचक पनि २.४१ अंकले बढेर ४४१.०९ विन्दुमा पुगेको छ । 

कारोबारमा आएका २२७ सूचीकृत कम्पनीको ३१ लाख ५६ हजार ९१३ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब ३२ करोड रुपैया बराबरको शेयर कारोबार भएको छ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ८ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी ५ वटा उपसमूहको शेयर घटेको छ । सबैभन्दा धेरै हाइड्रोपावर उपसमूह बढेको छ ।

बुधबार अरूण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ५ करोड ३८ लाख ३० हजार रूपैयाँ बराबरको कारोबार भएको हो । 

आज राधी विद्युत कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ६.०२ प्रतिशतले बढेर ६ सय ५२ रूपैयाँ पुगेको छ । 

यस दिन सूर्योदय वोमी लघुवित्तको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । संस्थाको शेयरमूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता एक हजार एक रूपैयाँ ३० पैसामा झरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।