image
image

एक अर्ब २४ करोड ३३ लाख बढिले बढ्यो निर्वाचन खर्च

काठमाडौँ, ५, जेठ ।  निर्वाचन आयोगले ३० वैशाखमा सम्पन्न स्थानीय चुनाव गर्न सरकारबाट आठ अर्ब १४ करोड रुपैयाँ पाएको थियो । स्वीकृत सबै रकम सकियो भने प्रतिमतदाता चार सय ५९ रुपैयाँ ०१ पैसा खर्च हुने देखिन्छ । यद्यपि, खर्चको अन्तिम विवरण आइसकेको छैन ।

आयोगले यो पटक गरेको खर्च २०७४ को स्थानीय तह निर्वाचनमा भएको खर्चभन्दा १८ प्रतिशत अर्थात् एक अर्ब २४ करोड ३३ लाख २३ हजार ६ सय ४६ रुपैयाँले धेरै हो । २०७४ मा ६ अर्ब ८९ करोड ६६ लाख ७६ हजार तीन सय ५४ रुपैयाँ खर्च भएको थियो ।

अघिल्लो निर्वाचनको भन्दा बजेटको आकार ठूलो भए पनि प्रतिमतदाता खर्च भने यो निर्वाचनमा केही कम देखिन्छ । विनियोजित सबै रकम खर्च हुँदा पनि प्रतिमतदाता ४५९ रुपैयाँ ०१ पैसा पर्न आउँछ । 

२०७४ को स्थानीय तह निर्वाचनमा प्रतिमतदाता ४९० रुपैयाँ ०८ पैसा खर्च भएको थियो, जुन अहिलेको भन्दा ६।७६ प्रतिशतले बढी हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।