image
image

सांघाइमा घट्यो कोरोना

काठमाडौँ, ५, जेठ । चीनको सांघाइमा कोरोनाको संक्रमण घटेको पाइएको छ । यहाँ गएको २४ घन्टामा यहाँका स्थानीय स्तरमै संक्रमित भएकाको संख्या ८२ मात्र रहेको छ । 

यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घन्टामा चीनको सांघाइ सहरमा संक्रमित व्यक्तिमध्ये ८२ जना स्थानीय स्तरमै संक्रमित भएकाहरू पाइएका छन् ।

उता यहाँ बाहिरबाट आएका अन्य संक्रमितहरु भने २६३ जना रहेका छन् । ती संक्रमितहरु विदेश तथा चीनका अरु सहरबाट आएकामा पाइएको बताइएको छ ।पछिल्लो केही दिनयता कोरोना भाइरसका संक्रमितको संख्या केही मात्रामा घट्न थालेको पाइएको यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

सांघाइ म्युनिसिपल हेल्थ कमिसनले दिएको जानकारीअनुसार यहाँ तीन हप्ता अघि दैनिक कम्तीमा २ हजार देखि माथि नै पाइने गरेका संक्रमितहरुको संख्या अहिले घटेको छ । पछिल्ला केही दिनयता संक्रमित व्यक्तिको संख्या घट्न थालेको स्वास्थ्य क्षेत्रका अधिकारीले बताएका छन् । 

चीनका विभिन्न सहरमा कोरोना भाइरसका संक्रमितहरुको संख्या प्रत्येक दिन घट्दै गएका बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।