सेयर बजार २३ अंकले घट्यो
काठमाडौँ, ५, जेठ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २३ अंकले घटेको छ । आज कारोबार सुरू भएदेखि नै घट्न थालेको नेप्से परिसूचक अन्तिम समयसम्ममा २३.५१ अंकले घटेर बन्द भएको हो ।
दोहोरो अंकले घटेसँगै परिसूचक साढे २२ सय अंकमा आएर रोकिएको छ । यसक्रममा आज १ अर्ब ३० करोड रुपैयाँ बराबरको ३७ लाख ९८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । यस्तै, आज म्यूचुअल फण्ड समूह ०.११ अंकले बढ्नुबाहेक अन्य समूहमा सुधार आउन सकेको छैन ।









