image
image

साताको अन्तिम कारोबार दिन सेयर बजार १५.८२ अंकले घट्यो

काठमाडौँ, ६, जेठ । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार १५.८२ अंकले घटेको छ । पहिलो पटक शुक्रबार सेयर बजार कारोबार भएको हो । बजार २२३५.०९ बिन्दुमा आएर रोकिएको छ ।

शुक्रबार कुल २२३ कम्पनीको १९ हजार १०९ पटक कारोबारबाट २५ लाख २४ हजार २६८ कित्ता सेयर किनबेच भएको छ । शुक्रबार कारोबार रकम भने मात्र ९३ करोड २२ लाख ६ हजार ८४ रुपैयाँ बराबरको मात्र भएको छ ।

म्युचअल फन्ड बाहेक शुक्रबार सबै उपसमूहको नेप्से परिसूचक ओरालो लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा व्यापार र अन्य उपसमूहका लगानीकर्ता छन् । घटेको बजारमा समेत सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताको भने प्रतिकित्ता ३९ रुपैयाँका दरले मूल्य बढ्यो । यो कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै २.७३ प्रतिशतले बढेको हो । श्री इन्भेष्टमेन्ट फाइनान्स, लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समेत बढ्यो । सबैभन्दा धेरै तेह्रथुम पावर कम्पनीको मूल्य ४.९४ प्रतिशतले घट्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।