image
image

डिप्रोक्स लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ, ८, जेठ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सेयरधनीको नाममा रहेको केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । संस्थाले सेयरधनीको नाममा रहेको २० हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

संस्थापक सेयर बिक्री गर्दा हाल कायम रहेका संस्थापक सेयरधनीहरुलाई प्राथमिकता दिनुपर्ने भएकोले उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक हाल कायम रहेका संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र संस्थाकाे कर्पाेरेट कार्यालय, सितापाइला, काठमाडाैँमा आइपुग्ने गरी आवेदन पेश गर्न सक्नेछन् ।

साथै, संस्थापक सेयर खरिद गरी लिने सम्बन्धमा तोकिएको समयभित्र हाल कायम संस्थापक सेयरधनीहरुबाट निवेदन पेश हुन नआएमा प्रचलित नियमानुसार अन्य व्यक्तिहरुलाई संस्थापक समूहमा रहने गरी बिक्री प्रक्रिया अगाडी बढाइने संस्थाले जनाएको छ ।

संस्थाले प्रकाशन गरेको सूचना यस प्रकारकाे छ :

6289d8b4652ed.jpg
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।