image
image

डलरको मूल्य निरन्तर उकालो, नेपालमा रेमिट्यान्स बढ्ने

काठमाडौँ, ९, जेठ । अमेरिकी डलरको मूल्य निरन्तर उकालो लाग्दा वैदेशिक रोजगारमा रहेका नेपाली कामदार र उनीहरूका परिवारले लाभ पाउने देखिएको छ । 

आइतबार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । वैदेशिक रोजगारीमा रहेर घरमा रकम पठाउनेहरुले अघिल्लो महिनाको तुलनामा उच्च सटही दर पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले आइतबारका लागि एक अमेरिकी डलर खरिद मूल्य १ सय २४ रुपैंया ३८ पैसा तोकेको थियो । लामो समयसम्म एक डलरको वाणिज्य बैंकहरूको खरिद मूल्य १ सय २० रुपैयाँ कायम थियोे । अमेरिकी डलरको तुलनामा भारतीय रूपैयाँ अवमूल्यन भएपछि स्थायी सटहीदर कायम गरिएको नेपाली रूपैयाँ पनि अवमूल्यन भएको हो ।

अमेरिकी डलरको मूल्यमा भएको वृद्धिले नेपालमा रेमिट्यान्स बढ्ने छ । विदेशी मुद्राको सञ्चितिमा रहेको दबाब आयात रोकिएमा आगामी महिनादेखि केही कम गर्न सहयोग पु¥याउन सक्ने आंकलन गरिएको छ ।

अमेरिकी डलर मात्र नभई ठूलो संख्यामा नेपाली कामदार वैदेशिक रोजगारीमा रहेका मुलुकका मुद्राको सटही दर पनि बढेको छ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिद दर ३३ रुपैंयाँ छ भने बिक्री दर ३३ रुपैयाँ १६ पैसा छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।