image
image

एस्टन भिल्लामाथि ३-२ को पुनरागमन जितसहित सिटी बन्यो प्रिमियर लिगको च्याम्पियन

काठमाडौँ, ९, जेठ । म्यानचेष्टर सिटीले प्रिमियर लिगको उपाधि जितेको छ । आइतबार भएको सिजनको अन्तिम खेलमा एस्टन भिल्लामाथि ३-२ को पुनरागमन जितसहित सिटी च्याम्पियन बनेको हो ।

लिभरपुलले वल्भ्समाथि ३-१ को जित निकालेपनि सिटीलाई भेट्न सकेन । ३८ खेलबाट सिटीले ९३ अंक जोड्दा लिभरपुलले ९२ अंक जोड्यो । घरेलु मैदान एतिहाड स्टेडियममा इल्के गुन्डागोनले दुई गोल गरेपछि सिटीले दुई गोलले पछि परेको स्थिति उल्टाउँदै एस्टन भिल्लामाथि शानदार जित हासिल गरेको हो । 

सिटीका लागि अर्को एक गोल रोड्रीले गरे । एस्टन भिल्लाका लागि माटी कास र फिलिप कुटिन्होले एक एक गोल गरे । सिटीले पछिल्लो पाँच सिजनमा चौथो पटक लिग उपाधि जितेको हो ।

यस्तै लिभरपुलका लागि साडियो माने, मोहम्मद सलाह र एन्डी रोबर्टसनले एक एक गोल गरे । वल्भ्सका लागि पेड्रो नेटोले सुरुवाती गोल गरेका थिए । लिगकै अन्य खेलमा वाटफोर्डलाई २-१ ले हराउँदै चेल्सी तेस्रो भयो । चेल्सीले ७४ अंक जोड्यो ।एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।