image
image

सेञ्चुरी कमर्सियल बैंकको २ अर्ब २० करोडको ऋणपत्र भोलि बाँडफाँड हुर्दै

काठमाडौँ, ९, जेठ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको ऋणपत्र भोलि (मंगलबार) बाँडफाँड हुने भएको छ।

धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा ऋणपत्र बाँडफाँड हुनेछ। ऋणपत्र बाँडफाँड कार्यक्रम बिहान ९ः३० बजे राखिएको छ। 

बैंकले २ अर्ब २० करोड रुपैयाँको ‘सेञ्चुरी डिबेन्चर–२०८८’ नामक ऋणपत्र गत वैशाख २१ गतेदेखि जेठ ४ गतेसम्म निष्कासन गरेको थियो। बैंकले कुल इकाइमध्ये १३ लाख २० हजार इकाइ बैंकले व्यक्तिगत तबरबाट बिक्री गरेको छ। बाँकी ८ लाख ८० हजार इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो। जसमा १० हजार इकाइ सामूहिक लगानी कोषलाई छुट्याएको थियो।

तरलताको चरम अभावका कारण बैंकहरुलाई फिटफिटी परिरहेको बेला कान्छो वाणिज्य बैंक सेञ्चुरी कमर्सियल बैंकको ऋणपत्र भने तोकिएको समयभित्रै बिक्री भएको थियो।

१० वर्षे अवधिको यस ऋणपत्रमा लगानीकर्ताले वार्षिक १०.५० प्रतिशत ब्याज पाउनेछन्।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।