image
image

डेढ महिनामा चोभार सुख्खा बन्दरगाहबाट भित्रियो ३ करोड २६ लाखको सामान

काठमाडौँ, १०, जेठ । काठमाडौंको चोभारस्थित सुख्खा बन्दरगाहबाट डेढ महिनाको अवधिमा ३ करोड ३६ लाख रुपैयाँ बराबरको मालवस्तु भित्रिएको छ । सरकारले भन्सार बिन्दु नै काठमाडौं हुने गरी सुख्खा बन्दरगाह सञ्चालनमा ल्याएको हो ।

२२ चैतमा उद्घाटन भएको यो संरचनाबाट वैशाख मसान्तसम्म कुल ३ करोड २६ लाख ६ हजार रुपैयाँ बराबरको सामान आएको तथ्यांक छ । यो भन्सार बिन्दुबाट निर्यात भने शून्य रहेको छ ।

कुल निर्यातको तुलनामा समेत सुख्खा बन्दरगाहबाट भएको आयात नगन्य बराबर हो । सुख्खा बन्दगाह भन्सार प्रशासक धनबहादुर बडुवालका अनुसार उद्घाटनका दिन कुल चार वटा कन्टेनर काठमाडौं आएका थिए । त्यसपछि एउटा कन्टेनर यहाँ आएको छ । यी कन्टेनरमा कम्प्यूटर, कपडा र हेल्मेट काठमाडौं आएका थिए ।

२६ भन्सार बिन्दुबाट १० महिनामा भित्रियो १६ खर्बको सामान

नेपालमा कुल २६ वटा भन्सार बिन्दुबाट वैशाख मसान्तसम्म कुल १६ खर्ब ४ अर्ब ६५ करोड रुपैयाँ बराबरको सामान नेपाल आयात भएको छ । यस अवधिमा १ खर्ब ७३ अर्ब ३४ लाख रुपैयाँ बराबरको सामान निर्यात भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।