image
image

बोर्डले दियो दुई कम्पनीलाई आईपीओ निष्कासनको अनुमति, कुनको कति कित्ता ?

काठमाडौँ, ११, जेठ । दुई कम्पनीले आईपीओ निष्कासनको अनुमति पाएका छन् । आदर्श लघुवित्त वित्तीय संस्था र राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आईपीओ निष्कासन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका हुन् । यी कम्पनीले बोर्डबाट जेठ १० गते अनुमति पाएका हुन् ।

आदर्श लघुवित्त
आदर्श लघुवित्तले ६७ हजार कित्ता आईपीओ निष्कासन गर्न बोर्डबाट अनुमति पाएको हो । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन
राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले २९ लाख ४१ हजार ४१० कित्ता आईपीओ निष्कासन गर्न बोर्डबाट अनुमति पाएको छ ।

कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाको लागि आईपीओ निष्कासन गर्नेछ । शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।