नेप्से १४ अंकले बढ्यो, एक अर्बको कारोबार
काठमाडौँ, ११, जेठ । लगातार दोस्रो कारोबार दिन पनि सेयर बजारमा सुधार भएको छ । साताको तेस्रो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से १४.३७ अंकले बढेर २२३१.५७ अंकमा बन्द भयो ।
पछिल्लो समय लगातार घट्दो क्रममा देखिएको नेप्से सोमबार २२००.८८ अंकमा झरेर बन्द भएको थियो । मंगलबार १६ अंकले बढेको नेप्से आज पनि बढेर बन्द भएको छ । नेप्सेसँगै सबै उपसूचकमा वृद्धि भएको छ ।
नेप्सेमा वृद्धि भएप नि कारोबार रकम भने घटेर एक अर्बमा झरेको छ । आज बजारमा एक अर्ब चार करोड ४६ लाख रुपैयाँको कारोबार भयो । अपर तामाकोसीको सर्वाधिक आठ करोड ३४ लाखको कारोबार हुँदा अरुण काबेली पावरको चार करोड ७२ लाख र नबिल बैंकको तीन करोड ४५ लाखको कारोबार भएको छ ।
आज दिनभर बजारमा १९२ कम्पनीको सेयर कारोबार हुँदा १४८ कम्पनीको सेयर मूल्य बढेको छ । ३९ कम्पनीको सेयर मूल्य घटेको छ । पाँच कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।
कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य भने ७.१३ प्रतिशतले गिरावट भएको छ । लक्ष्मी लघुवित्तको सेयर मूल्य ३.४९ प्रतिशतले गिरावट भयो ।आज कारोबार भएका मध्ये बलेफी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ५.९२ प्रतिशतले वृद्धि हुँदा बैलुङ खाचेला जलविद्युत् कम्पनीको सेयर मूल्य ५.८४ प्रतिशतले बढेको छ ।









