image
image

पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाउने निर्णय

काठमाडौँ, १३, जेठ । सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकबाट पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाएर उपभोक्तालाई राहत दिने निर्णय गरेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले जेठ १० गतेको मन्त्रिपरिषद् बैठकबाट कर घटाउन सैद्धान्तिक सहमति दिएको संसदमा जानकारी दिए । 

मन्त्रिपपिरषद्ले स्वीकृति दिएर अर्थ मन्त्रालयमा कार्यान्वयनका लागि गएको उनले बताएका थिए । नेपाल आयल निगमले बजेटसम्बन्धी सुझाव दिँदा १० बुँदे सुझावमा पेट्रोल, डिजेल र मट्टितेलमा १० रुपैयाँ र एलपीजी ग्याँसमा १०० रुपैयाँ कर छुट गर्ने प्रस्ताव गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।