image
image

दोहोरो अंकले घट्यो शेयर बजार

काठमाडौँ, १३, जेठ । साताको अन्तिम कारोबारको दिन (शुक्रबार) शेयर बजार दोहोरो अंकले घटेको छ । अघिल्लो कारोबार दिन अर्थात बिहीबार ८.०३ अंक बढेर २२३९.६० बिन्दुमा बन्द भएको  नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक यस दिन १५.८२ अंकले घटेर २२२३.७८ को बिन्दुमा पुगेको ट । नेप्से परिसुचक ०.७१ प्रतिशतले घटेको हो । 

कारोबारको अन्तिम समयसम्म कारोबारमा आएका २२३ कम्पनीको ४१ लाख ४० हजार ६६५ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब २९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

सर्वाधिक धेरै कारोबार प्रभु बैंकको संस्थापक शेयर भएको छ । कम्पनीको १७ करोड ६० लाख बढीको शेयर कारोबार भएको हो । 

यस्तै, मेगा बैंक सर्वाधिक कारोबारको दोस्रो स्थानमा रहेको छ । बैंकले ९ करोड ८२ लाख बढीको शेयर कारोबार गरेको छ । 

यसैगरी, अरुण भ्यालीको ४ करोड ६२ लाख, अरुण काबेलीको ३ करोड ८२ लाख र नबिल बैंकको ३ करोड ५७ लाख बढीको शेयर कारोबार भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।