image
image

बजेट घोषणासंगै शेयर बजार राताम्मे

काठमाडौँ, १६, जेठ । साताको पहिलो कारोबारको दिन(सोमबार) शेयर बजार भारी अंकले घटेको छ । शेयर लगानीकर्ताहरूले अपेक्षा गरे अनुरूपको बजेट नआएको हुनाले लगानीकर्ताहरूको मनोबल घटेको छ ।

अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार १५.८२ अंक घटेर २२२३.७८ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक ४५.०९ अंकले घटेर २१७८.६९ को बिन्दुमा पुगेको छ ।  नेप्से २.०३ प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक पनि ७.८४ अंकले घटेर ४२५.२३ विन्दुमा झरेको छ । 

आज नेप्सेमा सूचीकृत २२७ कम्पनीको ३४ लाख ८ हजार ६६० कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३१ करोड ७६ लाख ९३ हजार ६९७ रुपैयाँको कारोबार भएको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै वटा उपसमूहको शेयर घटेको छ । 

त्यसैगरी, सोमबार कारोबार रकममा नेपाल टेलिकमले अग्रता कायम गरेको छ । टेलिकमको ४ करोड ९६ लाख ३८ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।

आज बलेफी हाइड्रोका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर एक सय २४ रूपैयाँ ४० पैसा पुगेको छ ।

यस दिन नेपाल इन्भेष्टमेन्ट बैंकको शेयरमूल्यमा नकरात्मक सर्किट लागेको छ । बैंकको शेयरमूल्य ९.९९ प्रतिशतले घटेर ३ सय ६७ रूपैयाँ ७० पैसामा झरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।