image
image
घट्यो सुनको मूल्य, कतिमा हुदैँ कारोबार ?

घट्यो सुनको मूल्य, कतिमा हुदैँ कारोबार ?

काठमाडौँ, १७, जेठ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनचाँदीको मूल्य घटेको जनाएको छ । महासंघले आज सुनको मूल्य तोलामा २०० रुपैयाँ र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको जानकारी दिएको हो । जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य ९७ हजार ५०० रुपैयाँ छ ।

हिजो सोमबार छापावाल सुनको मूल्य ९८ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९७ हजार ७०० रुपैयाँ थियो । आइतबारको तुलनामा सोमबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको थियो । त्यसअघि, लगातार दोस्रो दिन सुनको मूल्य स्थिर थियो । यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ ।

हिजो सोमबार तोलामा १२ सय ८५ रुपैयाँ कारोबार मूल्य रहेको चाँदीको मूल्य आज १२ सय ७० रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।