image
image

राष्ट्र बैंकले मौद्रिक नीति निर्माणको लागि सुझाव माग्दै

काठमाडौँ, १७, जेठ । बजेटलगत्तै नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिको निर्माणको तयारी थालेको छ । 

आगामी आर्थिक वर्षको बजेटले लिएको ८ प्रतिशत वृद्धिदरको लक्ष्य र मुद्रास्फिति ७ प्रतिशतको सीमाभित्र राख्ने उद्देश्यलाई सपोर्ट हुने गरी नेपाल राष्ट्रबैंकले मौद्रिक नीति बनाउनुपर्ने हुन्छ । 

मंगलबार एक सूचना प्रकाशित गरी केन्द्रीय बैंकले मौद्रिक नीतिका लागि आफ्ना सुझाव पठाउन आह्वान गरेको छ । 

राष्ट्रबैंकको अनुसन्धान विभागको इमेल mयलभतबचथउयष्अिथ२लचद।यचन।लउ वा बालुवाटारस्थित ठेगानामा पुग्ने गरी सुझाव पठाउन सकिने सूचनामा उल्लेख छ । 

सामान्यतया सरकारले प्रस्तुत गर्ने बजेटले लिएको मौद्रिक लक्ष्यहरु पूरा गर्ने गरी केन्द्रीय बैंकले मौद्रिक नीति बनाउने गर्छ । प्रत्येक वर्ष बजेटपछि मौद्रिक नीति ल्याइन्छ । 

यसपटकको मौद्रिक नीतिबाट शेयर बजारका लगानीकर्ताहरुले पनि विशेष अपेक्षा राखेका छन् । शेयर कर्जामा लागेको ४ र १२ करोडको क्याप हट्नेमा धेरै आशावादी देखिन्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।