image
image

नेप्सेमा ३५ अंकको गिरावट, १ अर्ब ३१ करोडको मात्र कारोबार

काठमाडौँ, १७, जेठ । मंगलबार सेयर बजार सूचक नेप्सेमा ३५ अंकमाथिको गिरावट आएको छ । बजार खुलेदेखि नै निरन्तर घट्दो दरमा रहेको नेप्से सूचक अन्तिसमयसम्म आइपुग्दा ३५.५३ अंकले घट्दै २१ सय ३७.९२ विन्दुमा रोकिन पुगेको हो ।

अघिल्लो दिन ५० अंकमाथिले घट्दै नेप्से सूचक २१ सय ७६ विन्दुमा झरेको थियो । यस दिन समग्र सूचकमा ३५ अंकको गिरावट आउँदै गर्दा कारोबार रकम समेत १ अर्ब ३१ अर्बमा सीमित हुन पुगेको छ । कुल २२९ कम्पनीका झण्डै ३७ लाख ७० हजार कित्ता सेयर किनबेच हुँदा आज जम्मा १ अर्ब ३१ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ । 

१३ वटा उपसूचक मध्ये म्युचुअल फन्ड बाहेकका अन्य १२ वटा उपसूचकहरु ऋणात्मक भएका छन् । सबैभन्दा बढी निजीवन बीमाका लगानीकर्ताहरूले आज २.५६ प्रतिशतले गुमाएका छन् भने म्युचुअल फन्डका लगानीकर्ताहरूले ०.४५ प्रतिशतले कमाएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।