देशभर थपिए १५ जना कोरोना संक्रमित, अझै ९८ सक्रिय संक्रमित
काठमाडौँ, १८, जेठ । पछिल्लो २४ घन्टामा देशभर थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १५ जनामा संक्रमण पुष्टि भएको हो।
चार हजार ८ सय ४२ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।
तीन हजार नौ सय २९ जनाको पिसिआर र ९ सय १३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। यस्तै ११ जना कोरोनामुक्त भएका छन्।
अहिले देशभर ९८ सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।









