image
image

शेयर बजारमा गिरावट आएपछि म्युचुअल फण्डहरुले लगानी भ्यालुमा गिरावट

काठमाडौँ, १९, जेठ । बैशाख महिनामा शेयर बजारमा गिरावट आएपछि म्युचुअल फण्डहरुले दोस्रो बजारमा शेयरमा गरेको लगानीको भ्यालु घटेको छ । हालसम्म सञ्चालनमा आएका फण्डहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चैत महिनाको तुलनामा फण्डहरुको शेयर भ्यालु घटेको देखिएको हो ।

म्युचुअल फण्डहरुको प्रमुख लगानीको क्षेत्र शेयर बजार भएको कारणले गर्दा बजारमा हुने उतारचढावले फण्डहरुको सूचकमा प्रत्यक्ष प्रभाव पार्ने फण्ड  सञ्चालनकहरुले बताउने गरेका छन् । त्यसैले नेप्से सूचकमा हुने उतार चढाव अनुसार नै फण्डहरुको नाफा नोक्सान निर्धारित हुने गरेको छ ।

बैंशाख महिनामा मात्रै नेप्से सूचक ६२.८३ अंकले गिरावट भएको छ । जसकारण पनि सूचिकृत फण्डहरुको शेयर भ्यालु र खुद सम्पति मूल्य (एनएभि) पनि सोही अनुसार घटेको देखिन्छ । 

चैत महिनाको तुलनामा बैंशाखमा म्युचुअल फण्डहरुको खुद सम्पति मूल्य ९एनएभि० मा गिरावट आएको छ । दोस्रो बजारमा सूचिकृत भएका फण्डहरुले सार्वजनिक गरेको विवरण अनुसार एनएभि सामान्य घटेको हो । 

बैशाखमा फण्डहरुको एनएभि औसत ०.२९ पैसाले घटेको वित्तीय विवरण सार्वजनिक भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।