image
image

आज कुन देशको मुद्रा विनिमयदर कति ? 

काठमाडौँ, १९, जेठ । नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्रीदर १२४.३४ रुपैयाँ र खरिददर १२३.७४ रुपैयाँ तोकेको छ । राष्ट्र बैंकले आजको विदेशी विनिमयदर तोक्दै डलरको सटहीदर तोकेको हो ।

यसैगरी, आज १३३.३७ रुपैयाँ बिक्रीदर रहेको एक यूरोको खरिददर १३२.७२ रुपैयाँ छ । यस्तै, १५६.६७ रुपैयाँ बिक्रीदर रहेको पाउण्ड स्र्टलिङको खरिददर १५५.९१ रुपैयाँ छ भने ८९.४४ रुपैयाँ बिक्रीदर रहेको अष्ट्रेलियन डलरको खरिददर ८९.०१ रुपैयाँ छ ।

९०.६४ रुपैयाँ बिक्रीदर तोकिएको सिंगापुर डलरको खरिददर ९०.२१ रुपैयाँ र १० जापानी येनको बिक्रीदर ९.६२ रुपैयाँ हुँदा खरिददर ९.५७ रुपैयाँ छ । यस्तै, चिनियाँ युवानको बिक्रीदर १८.६० रुपैयाँ र खरिददर १८.५१ रुपैयाँ छ ।

यता साउदी रियालको बिक्रीदर ३३.१५ रुपैयाँ र खरिददर ३२.९९ रुपैयाँ छ भने कतारी रियालको बिक्रीदर ३४.०४ रुपैयाँ हुँदा खरिददर ३३.८८ रुपैयाँ छ । यसका साथै, संयुक्त अरब इमिरेट्स (यूएई) को दिरामको बिक्रीदर ३३.८५ रुपैयाँ र खरिददर ३३.६९ रुपैयाँ छ भने मलेसियन रिंगटको बिक्रीदर २८.३७ रुपेयाँ र खरिददर २८.२३ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।