image
image

नेपाल लाइफको शेयरमूल्य एक वर्षमा रु. २ हजार ९८ घटेर रु. ८१९ मा झर्‍यो

काठमाडौँ, १९, जेठ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य एक वर्ष यताकै न्यून बिन्दुमा झरेको छ । एक वर्ष अगाडि २०७८ जेठ १९ गते कम्पनीको शेयर मूल्य प्रतिकित्ता रु. २ हजार ९८ रहेकोमा यसको एक वर्ष पछि आज बिहीवार प्रतिकित्ता रु. ८१९ मा कारोबार भइरहेको छ । यसरी हेर्दा कम्पनीको शेयर मूल्य एक वर्ष अवधिमा ६० प्रतिशत भन्दा बढी घटेको देखिन्छ ।  

कम्पनीले विगतमा आकर्षक लाभांश दिँदै आएकोमा आव  २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई १४ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७३६८ प्रतिशत नगद लाभांश दिएको  थियो ।  

त्यसपछि कम्पनीको शेयर घट्दो क्रममा रहेको छ । कतिपय लगानीकर्ताले यो कम्पनीको मंहगोमा शेयर किनेका थिए । मंहगोमा शेयर किनेकाहरुको बोनस शेयरले घाटा कभर नगरेको बताएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।